२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


महरालाई सभामुखको उम्मेदवार बनाउने माओवादी केन्द्रको निर्णय


0
Shares

पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा आज बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले महरालाई उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

पूर्व उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री महरालाई सत्तारुढ वाम गठबन्धनको समर्थन हुनेछ ।

संघीय संसद् सचिवालयले तय गरेको कार्यसूचीअनुसार शनिबार हुने निर्वाचनका लागि आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मका लागि उम्मेदवारी दर्ता हुँदैछ । (रासस)