
सर्लाही, मंसिर १३ । सर्लाहीको हरिवन नगरपालिका–९ नयाँरोडमा बस र मोटरसाइकल आपसमा ठोक्किंदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हरिवन नगरपालिका–९ कै ३९ वर्षीय लक्ष्मण दास रहेका छन् । उनको उपचारको क्रममा गएराति साढे १२ बजे चुरेहिल अस्पताल हेटौंडामा मृत्यु भएको हो ।
हिजो बेलुकी पौने ९ बजे ना६ख ४५४१ नम्बरको बस र ना२प ५४६५ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए । दुवै सवारी साधन र बस चालकलाई इलाका प्रहरी कार्यालय हरिवनले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्