काठमाडौं, फागुन २६ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संघीय संसद् भवन बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकले सभामुखमा नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा निर्वाचित भएको घोषणा गर्ने छ ।
सभामुखमा महराको मात्रै उम्मेदवारी परेपछि उनलाई आजको बैठकले निर्विरोध निर्वाचित भएको घोषणा गर्ने भएको हो ।
यसअघि महरालाई सभामुखको प्रस्ताव गर्ने नेकपा एमालेका सुवासचन्द्र नेम्वाङ र समर्थन गर्ने नेकपा माओवादी केन्द्रका देव गुरुङले प्रस्तावको औचित्यका बारेमा संसद्लाई जानकारी दिनेछन् ।
त्यसपछि प्रतिनिधिसभाको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सभामुखमा परेको उम्मेदवारी बैठकमा निर्णयार्थ पेश गर्नेछन् ।
प्रतिनिधिसभा कार्यसञ्चालनको अन्तरिम विधिअनुसार एक मात्र मनोनयन परे पनि प्रस्ताव निर्णायार्थ पेश हुने छ ।









प्रतिक्रिया दिनुहोस्