
चितवन, मंसिर १२ । चितवनको माडीमा जंगलमा घाँस काट्न गएका दुई महिलाको जंगलीहात्तीको आक्रमणमा परी ज्यान गएको छ ।
हात्तीको आक्रमणबाट माडी नगरपालिका वडा नम्बर–९ की ६० वर्षीया तिर्सनाकाली पौडेल र ३५ वर्षीया सुशीला भण्डारीको मृत्यु भएको हो ।
रीउ खोलाको किनारमा घाँस काट्न गएका उनीहरुलाई जंगलीहात्तीले बुधबार दिउँसो आक्रमण गरेको प्रहरीले जनाएको छ ।
शवको पोस्टमार्टमका लागि भरतपुर लगिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्