१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


सैन्य शक्तिको विश्वसूचीमा अमेरिका पहिलो, कुन मुलुकको कुन स्थान !


0
Shares

विश्वको आधुनिक सेना र सैन्य शक्तिको विश्लेषण गर्ने शोध संस्था ग्लोबल फायर पावरले १ सय ३३ मुलुक समेटेर तयार पारेको सूचीमा अमेरिका सबैभन्दा शक्तिशाली सैन्य शक्ति भएको मुलुकमा पहिलो नम्बरमा कायमै रहेको हो ।

विश्लेषणमा परमाणु हतियार नभई परम्परागत् युद्धका हतियार र उपकरणलाई मात्र आधार बनाइएको छ । अमेरिकाको रक्षा बजेट ५ सय ८७ अर्ब डलर छ भने चीनको १ सय ६१ अरब डलर छ ।

चीनमा सक्रिय सेनाको संख्या २२ लाख र रिजर्ब सेना १४ लाख छन् ।

सैन्य शक्तिको हिसाबले अमेरिका, रुस, चीन पछिको स्थानमा भारत पुगेको छ । भारत पछि फ्रान्स र ब्रिटेन छन् ।

यस्तै सन् २०१७ मा सैन्य शक्ति बढाएको पाकिस्तान सूचीको १३ औं स्थानमा छ । नेपाल भने उक्त सूचिमा समावेश नै छैन । (एजेन्सी)