६ भाद्र २०८२, शुक्रबार | Fri Aug 22 2025


डेढ करोड रुपैयाँ बराबरको रक्तचन्दन ११ वर्षदेखि वन कार्यालयमै अलपत्र


0
Shares

झापा, मंसिर १२ । भारतबाट अवैधरुपमा नेपाल भित्र्याउने क्रममा झापामा बरामद गरिएको रक्तचन्दन विगत ११ वर्षदेखि जिल्ला वन कार्यालयमै थन्किएको छ ।

करिब डेढ करोड रुपैयाँ बराबरको १९ हजार ८ सय ३२ केजी रक्तचन्दन थन्किएको हो । बरामद रक्तचन्दनको आवश्यक स्रोत नखुलेकाले कानुनबमोजिम बेचविखन, लिलाम र फिर्ता गर्न नसकेर जिल्ला वन कार्यालयमै थन्किएर बसेको हो ।

बरामद रक्तचन्दन लैजान वन विभागलाई पटक–पटक पत्राचार गरे पनि कुनै चासो नदेखाएको जिल्ला वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले बताए । रक्तचन्दनसहित पक्राउ परेका व्यक्ति अदालतबाट कैद सजाय भुक्तान गरी रिहा भइसके पनि रक्तचन्दन भने सुरक्षित राख्नुपरेको प्रमुख घिमिरले बताए ।