Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


एक अमेरिकी डलर पुँजी भएको कम्पनीसँग दुईवटा वाइडबडी विमान खरिद !


0
Shares

                                           सार्वजनिक लेखा समिति बैठक

काठमाडौं, मंसिर १२ । नेपाल वायुसेवा निगमका दुई वाइडबडी विमान एक डलरको कम्पनीसँग खरिद गरेको भेटिएको छ ।

निगमलाई दुई विमान बेचेको आयरल्याण्डको ‘हाइफ्लाइ एक्स’को पुँजी एक अमेरिकी डलरमात्रै छ ।

उक्त कम्पनी जहाज बिक्रीकै लागि मात्र खडा गरिएको हो । हाईफ्लाइ एक्स २०१७ फेब्रुअरी २१ (२०७३ फागुन १०) मा आयरल्याण्डमा दर्ता भएको कम्पनी हो । एक डलर पुँजीको कम्पनीले एयरबस कम्पनीबाट दुईवटा वाईडबडी विमान खरिद गरी २४ अर्ब रुपैयाँमा निगमलाई बेचेको हो ।

संसदको सार्वजनिक लेखा समितिमा सांसद प्रेम आलेले ‘विचौलियामार्फत जहाज खरिद गरी अनियमितता गरिएको’ टिप्पणी गरेका थिए । त्यसको जवाफमा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले ‘कानुनले ठेकेदारका रुपमा चिन्ने कम्पनीलाई बिचौलिया भन्न नमिल्ने’ दाबी गरेका थिए । –कान्तिपुर दैनिकबाट