
सगरमाथा प्रदूषण नियन्त्रण समिति नाम्चेबाट ८ जनाको टोली आधारशिविर पुगेको हो ।
हिउँमा बाटो बनाउने अनुभवी र दक्ष व्यक्तिलाई आइसफल डाक्टर भन्ने गरिन्छ ।
आङकामी शेर्पाको नेतृत्वमा आधारशिविर पुगेको टोलीले क्याम्प १ देखि ४ सम्मको बाटो बनाउनेछ ।
आइसफल डाक्टरहरुले आल्मुनियमका भर्याङ जोडेर सगरमाथाको चुचुरोसम्म पुग्ने बाटो निर्माण गर्नेछन् ।
क्याम्प–२ सम्म खर्पसमा जम्मा भएको हिउँ सफा गर्ने, डोरी टाँग्ने र भर्याङ राख्ने काम गरेपछिमात्र आरोही सगरमाथाको चुचुरोसम्म पुग्न सक्छन् ।
आगामी सोमबार पूजापाठ गरेर पदमार्ग बनाउने काम सुरु हुने सगरमाथा प्रदूषण नियन्त्रण समिति नाम्चेका कार्यक्रम अधिकृत कपिन्द्र राईले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्