काठमाडौं, मंसिर ११ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले गरिबी, अभाव र पछौटेपनबाट गुज्रिएको नेपालको विकासमा सबै एकजुट हुनुपर्ने बताएका छन् ।
मंगलबार राजधानीमा ‘ज्योतिको घर’ नामक संस्थाको नवौं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले विकसित मुलुकलेमात्र आफ्ना नागरिकको आवश्यकता पूरा गर्नसक्ने हुँदा नेपाललाई विकासको मार्गमा अगाडि बढाउन सबैको साथ–सहयोग आवश्यक पर्ने बताए ।
ज्योतिको घर नामक संस्थाले अभिभावक नभएका र पिछडिएका समुदायका बालबालिकालाई सहयोग गर्दै आएको छ । संस्थाले हालसम्म ५०० भन्दा बढी बालबालिकाको पठनपाठनको व्यवस्था मिलाएको छ ।
कार्यक्रममा वादी समुदायको क्षेत्रमा काम गरेकी उमा वादी र अनाथ बालबालिकाका लागि सहयोग गर्दै आएकी दिलशोभा श्रेष्ठलगायतलाई सम्मान गरिएको थियो ।









प्रतिक्रिया दिनुहोस्