६ भाद्र २०८२, शुक्रबार | Fri Aug 22 2025


कन्चनपुर पुगेर डा. केसीले भने–‘सरकारले अपराधी जोगायो’


0
Shares

कन्चनपुर, मंसिर ११ । बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी निर्मला पन्तको घटनामा सरकारले अपराधीलाई जोगाएको डा. गोविन्द केसीले आरोप लगाएका छन् ।

मंगलबार कन्चनपुर पुगेर निर्मलाको न्यायका लागि जारी धर्नामा ऐक्यबद्धता जनाउँदै डा. केसीले अपराधीलाई जोगाउन सरकार मुकदर्शक बनेको आरोप लगाए ।

घटनाका दोषी पत्ता लगाएर प्रमाण मेट्नेलाई जेल हाल्नुपर्नेमा सरकारले उनीहरुकै संरक्षण गरेको डा. केसीको भनाइ थियो ।

निर्मलाको घटनामा देशका सबै न्यायको पक्षमा रहेको बताउँदै उनले आफूले पनि न्यायका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।