Logo ७ भाद्र २०८३, आइतबार | Sun Aug 23 2026


कुपोषणका कारण हुने बाल मृत्यु दर घट्दो क्रममा


0
Shares

काठमाडौं । नेपालमा कुपोषणका कारण हुने बाल मृत्युदर घट्दो क्रममा रहेको पाइएको छ ।

कुपोषण न्यूनीकरण सम्बन्धी आज काठमाडौंमा भएको अन्तर्राष्ट्रिय गोष्ठीमा विज्ञहरुले कुपोषणका कारण हुने बाल मृत्यु दर घट्दो क्रममा रहेको बताएका हुन् ।

उनीहरुले कुपोषण अन्त्यको लागि स्वास्थ्य, शिक्षासंगै कृषि क्षेत्रको उपयोगिता पनि आवश्यक रहेकोमा जोड दिए ।

अहिले नेपालमा कुपोषण दर ३७ प्रतिशतमा झरेको भन्दै यसको थप न्यूनीकरणका लागि सामुहिक प्रयास आवश्यक रहेको उनीहरुको भनाई थियो ।

राष्ट्रिय योजना आयोगका सदस्य डा उषा झाले जनचेतनाको अभावमा अहिले पनि ग्रामीण क्षेत्रका बालबालिका कुपोषणबाट ग्रसित हुने गरेको भन्दै सबै नागरिकलाई पोषणयुक्त खाद्यान्न उपलब्ध गराउने कामलाई सरकारले उच्च प्राथमिकता दिएको बताइन ।

३ दिनसम्म चल्ने गोष्ठीमा कुपोषण अन्त्यको लागि सामूहिक प्रतिबद्धतासहितको घोषणा–पत्र जारी गरिने छ ।