१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


रुसले २३ जना बेलायती कूटनीतिज्ञलाई देश निकाला गर्ने


0
Shares

रुसी विदेश मन्त्रालयले मस्कोस्थिति बेलायती दूतावासमा रहेका कूटनीतिक कर्मचारीलाई ‘पर्सोना नन ग्राटा’ घोषणा गर्ने र एक हप्ताभित्र देश निकाला गर्ने जनाएको छ ।

बेलायतले आफ्ना २३ जना कूटनीतिज्ञलाई देश निकालाको आदेश दिएको प्रतिक्रियास्वरुप रुसले यस्तो निर्णय गरेको हो ।

रुसका पूर्वगुप्तचर सर्गेइ स्क्रिपाल र उनकी छोरी युलिया स्क्रिपालमाथि गत मार्च ४ मा बेलायतमा विष प्रयोग भएको घटनामा बेलायतले रुसमाथि आरोप लगाएको छ । रुसले घटनामा आफ्नो संलग्नता अस्वीकार गरेको छ ।

रुसी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा रुसमा रहेको ब्रिटिस काउन्सिल पनि बन्द गरिने र सेन्ट पिटर्सवर्गमा बेलायती कन्सुलेट खोल्ने अनुमति पनि फिर्ता लिने उल्लेख गरिएको छ ।

बेलायतले रुसी कूटनीतिज्ञहरुलाई बेलायत छाड्न एक हप्ताको समय दिएको छ । (एजेन्सी)