३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


ऐतिहासिक सम्पदाको पुनर्निर्माण गर्दा मौलिकतालाई प्राथमिकता दिइनेः प्रधानमन्त्री


0
Shares

काठमाडौं, असार १३ । प्रधानमन्त्री केपी शर्मा ओलीले भुकम्पले क्षतिग्रस्त ऐतिहासिक सम्पदाको मौलिकता नखलबलिने गरी पुनर्निर्माण गरिने प्रष्ट गरेका छन् ।

काठमाडौंको हनुमानढोका दरबार स्वाएरमा जिर्णोद्वार गरिएको गद्दी बैंठक र अरु चार स्मारकको उद्घाटन गर्दै उनले कुनै पनि ऐतिहासिक सम्पदाको पुनर्निर्माण गर्दा मौलिकतालाई प्राथमिकता दिइने बताए ।

काठमाडौ क्षेत्रभित्रका सम्पदाको पुनर्निर्माण तीब्र गतिमा गरिने भन्दै ओलीले राजनीतिक संक्रमणकालको अन्त्यसँगै सरकारको ध्यान अब विकास निर्माणमा केन्द्रित भएको बताए ।

भुकम्पले क्षतिग्रस्त संरचना पुनर्निर्माणमा अमेरिकी सरकारले गरेको सहयोगको प्रसंशा गर्दै ओलीले नेपालको विकासमा अमेरिकी सरकारको सहयोग आवश्यक रहेकोमा जोड दिए ।

नेपालका लागि कार्यवाहक अमेरिकी राजदुत पिटर मालानाकले जिर्णोद्धारको क्रममा स्थानीय शिल्पकार तथा परम्परागत निर्माण सामग्री प्रयोग गरिएको बताए ।

अमेरिकी सरकारको संस्कृति संरक्षण सम्बन्धि राजदूत कोषले सात लाख अमेरिकी डलरको अनुदानबाट गद्दी बैंठकको भूकम्पीय प्रवलीकरण तथा जिर्णोद्धार गरेको हो ।

गद्दी बैंठक नेपाली सांस्कृतिक सम्पदा तथा इतिहासको अति महत्वपूर्ण संरचना मानिन्छ । अमेरिकी सरकारले पुर्ननिर्माण गरिदिएका अरु चार स्मारकमा महादेव, कागेश्वर,  लक्ष्मीनारायण र सरस्वती मन्दिर छन् ।