
वार्ता प्रक्रिया जारी नै रहेकोले संविधान संशोधन लगायतको एजेन्डामा सत्तापक्ष नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग लिखित सहमति भइसकेपछि मात्र सरकारमा सहभागी हुने निर्णय भएको सो पार्टीले जनाएको छ ।
पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा आइतबार फोरम नेपालको कार्यसम्पादन समिति बैठकले सरकारसँग थप वार्ता गर्ने र त्यो वार्ता निष्कर्षमा पुगे मात्रै आफ्ना मन्त्रीहरु चयन ग़री सरकारमा जाने निर्णय गरेको हो ।
फोरम नेपालले सरकारमा जानुअघि संविधान संशोधन लगायतका एजेन्डामा सरकारसँग लिखित रुपमा ठोस सहमति हुनु पर्ने सर्त अघि सारेको छ ।
प्रधानमन्त्री केपी ओलीले संघीय समाजवादी फोरमलाई समेत सरकारमा सहभागी गराउने पहल जारी राखेका छन् । संघीय समाजवादीले माग्दै आएका दुई मन्त्रालयसमेत हाल प्रधानमन्त्री स्वयंले सम्हाल्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्