२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


नेकपाको बैठक मंगलबारसम्मका लागि सर्‍यो


0
Shares

काठमाडौं, मंसिर १० । नेकपा कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सरेको छ ।

सोमबार बस्ने भनिएको बैठक थप गृहकार्य गर्नुपर्ने भएकाले मंगलबार (भोलि)सम्मका लागि सारिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

बैठक मंगलबार दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।

सोमबारको बैठकमा प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटीको गठन, जनसंगठनको एकता, स्थायी समिति बैठकको मिति तथा कार्यसूची, पार्टी, संसद तथा सरकारको समीक्षा, केन्द्रीय सदस्यको कार्यविभाजनलगायत विषयमा छलफल गर्ने कार्यसूचीमा उल्लेख थियो ।

पार्टीमा तल्लो तहसम्मको एकता प्रक्रियाले गति नलिएको, स्थायी कमिटीको बैठक नबसेको तथा सरकार र दलबीच समन्वय नभएको विषयमा आवाज उठ्दै आएको छ । रासस