Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


प्रदेश–३ मा पाँच विधेयक पेस


0
Shares

हेटौंडा, मंसिर १० । प्रदेश नम्बर–३ को प्रदेशसभा बैठकमा पाँचओटा विधेयक पेस गरिएको छ ।

प्रदेश मामिला समितिका अध्यक्ष माधवप्रसाद पौडेलले सोमबार बसेको बैठकमा पेस गरेका विधेयकहरुमा संघ–संस्था दर्ता र सन्चारमाध्यमलाई व्यवस्थित गर्न बनेको विधेयक रहेका छन् ।

यस्तै, प्रदेशसभाका सदस्य सरेश नेपालले कृषि तथा स्वास्थ्य र सामाजिक समितिका तर्फबाट प्रदेश कार्यसन्चालन गर्न बनेको विधेयक पेस गरे ।

प्रदेशसभाका सदस्य घनश्याम दाहालले कृषि तथा स्वास्थ्य र सामाजिक समितिका तर्फबाट प्रदेशमा प्राविधिक शिक्षा परिषदको व्यवस्था गर्न बनेको विधेयक तथा प्रदेशमा खेलकुद विकास समिति गठनसम्बन्धी विधेयक दफावार छलफलका लागि पेस गरे ।

प्रदेशसभाको अर्को बैठक सोमबार मध्याह्न १२ बजे बस्ने गरी तोकिएको छ ।