
रुकुम, चैत ८ । रुकुममा बाल श्रमिकको संख्यामा वृद्धि भएको छ ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका, आठविसकोट नगरपालिका र चौरजहारी नगरपालिकाका विभिन्न स्थानमा बालश्रमीकको संख्यामा वृद्धि भएको हो ।
स्कुल पढ्ने समयका बालबालिका कडा बालश्रम गर्न बाध्य भएका छन् । केही बालबालिका अभिभावकसँग त केही एक्लै बालश्रम खटिएका छन् ।
बालबालिकाहरु पानी बोक्ने, फलामका सामान ओसार्ने, गिट्टी बोक्ने, घट्ट पिस्नेलगायतका गह्रौ काममा प्रयोग हुँदै आएका छन् । घरका ठूला विदेश गएका कारण घरको काम गर्न बालबालिका खटिने गरेका हुन् ।
कतिपय बालबालिका जिविकोपार्जनका लागिसमेत श्रम गर्न बाध्य भएका हुन् । बालबालिकाहरु जोखिमपूर्ण काममा लाग्दा उनीहरुको भविष्य नै अन्धकारमा परेको बालअधिकारकर्मी मानवीर ओलीले बताए ।
घरेलु बालश्रममा मात्र नभई होटल तथा व्यवसायमा पनि उनीहरु संलग्न हुने गरेका छन् ।
जिल्लामा बालश्रमिकको संख्या बढ्दै गए पनि सरकारी तथा गैरसरकारी संघसंस्थाले त्यसलाई नियन्त्रणको प्रयास भने नगरेको स्थानीयले गुनासो गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्