
कास्कीमा सुस्तश्रवण र दृष्टीविहीन १७ जना अपाङगता भएका परीक्षार्थी पनि माध्यमिक शिक्षा एसईई परीक्षामा सहभागी भए ।
जसमा अमरसिंह माविबाट ९ तथा जनप्रकाश मावि भण्डारढिकबाट दृष्टीविहीन ३ जना गरी ११ जना सहभागी भएका हुन् । सुस्तश्रवण भएका भने ६ जना छन् ।
बालसुधार गृह सराङकोटबाट ४ जना सहभागी भएको जिल्ला शिक्षा अधिकारी नरेन्द्रराज पौडेलले जानकारी दिए ।
सामुदायिक एक सय १८ र संस्थागत १ सय ७९ विद्यालयका १० हजार ५ सय ५२ जना परीक्षार्थी रहे पनि १ सय ६ जना परीक्षार्थी अनुपस्थित भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
विभिन्न कागजात तथा उमेर नपुगेका एक सय १७ जना परीक्षार्थी भने परीक्षा दिनबाट बञ्चित रहे । प्रदेश ४ बाट एसईई परीक्षामा ४८ हजार ९ सय ५४ विद्यार्थी सहभागी छन् ।
प्रतिक्रिया दिनुहोस्