२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


नेपालमा रहेको श्रीलंकाराम चैत्यको उत्खनन्काक्रममा हजारौं माटोका मूर्ति फेला (भिडियो)


0
Shares

स्वयम्भू महाचैत्यको उतरतर्फको जंगलमा रहेको आनन्द कुटी विहार परिसरमा रहेको उक्त चैत्य उत्खनन् गर्दा दोस्रो तल्लामा दुईओटा अरु चैत्यको गजुर, पुराना सिक्कासहित मूर्ति र चैत्यहरु फेलापरेको हो ।

वि.सं. २०७२ सालको विनाशकारी भूकम्पमा क्षतिग्रस्त चैत्य पुनःनिमार्णका लागि उत्खनन् गर्नेक्रममा उक्त वस्तुहरु फेलापरेको हो ।

तर, उचित संरक्षण नहुँदा ती वस्तुहरु हराउने र नस्ट हुँदै गइरहेका छन् ।

भगवान् गौतमबुद्धको अस्तिधातुसमेत राखिने उक्त चैत्यको गर्भगृहमा उत्खनन्काक्रममा महत्वपूर्ण सामग्री फेला पर्नसक्ने अनुमानसमेत गरिएको छ ।

विहारका प्रमुख भिक्षु धर्ममूर्ति महास्थवीरले विहार र चैत्य श्रीलंका सरकारको आर्थिक सहयोगमा पुनःनिर्माण भइरहेको जानकारी दिए ।

विहार परिसरमा रहेको बुद्ध जीवनीसँग सम्बन्धित भित्तेचित्रहरुसमेत क्षति भएर नस्ट हुने अवस्थामा रहेको छ ।

भिडियो हेर्नुहोस्