
१९९० सालको भूकम्प अगाडिसम्म मन्दिर रहेको उक्त स्थल अहिले भग्नावशेषमा परिणत भएको छ । ७७ वर्षसम्म आकाशमुनि रहेका मूर्ति अहिले भने इटाको घेराबार र जस्ताको छानामुनी राखिएका छन् । भूकम्पबाट चोइटिएको शिवलिङ र पार्वतीको मूर्ति एकहजार वर्षभन्दा अगाडिको हुन सक्ने पुरातत्वविदहरु बताउँछन् ।
धरान चतरा–रामपुर सडक खण्डको सप्तकोसी पुलबाट १४ किलोमिटर उत्तरमा रहेको यो धार्मिक तथा पर्यटकीय क्षेत्रबाट शहरतिर बसाइ सराइ हुनु, चर्चित धार्मिक स्थल चतराधाम र बराह क्षेत्रका कारणले यो स्थल ओझेलमा परेको स्थानीय बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्