Logo २ आश्विन २०८३, शुक्रबार | Fri Sep 18 2026


चैते छठ मनाइयो


0
Shares

चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने चैते छठको पहिलो दिन गत बुधबार नहाय खाय, दोस्रो दिन खरना विधि गरिएको थियो भने शुक्रबार अस्ताउँदो सूर्यलाई अर्घ्यदान गरेपछि छठ सम्पन्न भएको हो ।

तराई–मधेसमा प्रमुखरुपमा मनाइने चैते छठसँगै चोखो–निस्तो भइ सम्पूर्ण विधिहरु गर्नुपर्ने मान्यता छ ।

भगवान सूर्यदेवको उपासना गरिने छठमा व्रतालुले व्रत संकल्प गरेको भाकलअनुसारका केरा, उखु, भन्टा, दूध, माटोको हात्ती, ढकनी चढाउने परम्परा रहेको छ ।

छठको व्रत बस्नाले चर्मरोग निको हुने, सन्तान प्राप्ति हुने तथा पारिवारिक सुख–शान्ति छाउने जनविश्वास रहेको छ ।

छठ कात्तिक र चैत महिनामा गरी वर्षमा दुईपटक मनाइने चलन छ ।

Skip This