२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


भारतले बनाउँदै गरेको बाँधका कारण नेपालका १० भन्दा बढी गाउँ डुबानमा पर्ने


0
Shares

एकतर्फीरुपमा भारतीय पक्षले नारायणी नदी छेउमा ठूलो बाँध बनाउँदा वर्षायाममा सुस्ता गाउँपालिकाका ६० हजार बढी जनसंख्या विस्थापित हुने खतरा बढेको हो ।

निर्माण तत्काल रोक्न स्थानीयले नेपाल सरकारमार्फत् भारतको धयानाकर्षण गराएका छन् ।

नेपालको सरकारी निकायले निर्माण रोक्न गरेको आग्रह भारतीयले बेवास्ता गर्दै निर्माण गरिरहेका छन् ।

सुस्ता गाउँपालिकाअन्तर्गतको नर्सहीस्थित १२ नं. ठोकरको पारी पट्टी बाँध बनाइरहेका हुन् ।

भारतले बिहार प्रदेशमा पर्ने बाल्मिकी नगरको तिलभठ्ठा जंगलको नारायणी किनारमा ३ सय मिटर थप बाँध निर्माण गरिरहेको हो ।

ठूलो बाँध बनाउँदा नारायणी नदीको धार परिवर्तन भई नेपाली भूभाग डुबानमा पार्ने भएकाले स्थानीय त्रसित बनेका हुन् ।

पाँच वर्षअघि गण्डक ब्यारेजदेखि ३ किलोमिटर बाँध बनाएको भारतले अहिले मर्मतका नाउँमा फेरि नयाँ बाँध बनाउन थालेको हो ।