६ भाद्र २०८२, शुक्रबार | Fri Aug 22 2025


बाला चतुर्दशीका अवसरमा विशेष धार्मिक कार्यक्रम आयोजनाको तयारी


0
Shares

झापा, मंसिर ९ । पूर्वको पशुपतिनाथको रुपमा परिचित झापाको अर्जुनधारा जलेश्वर धाममा यस वर्ष बाला चतुर्दशी पर्वलाई विशेष रुपमा मनाउने तयारी गरिएको छ ।

मंसिर ११ गतेबाट १९ गतेसम्म जलेश्वर धामको ३६ औं वार्षिक अनुष्ठानसहित भविष्य महापुराण, रुद्राभिषेक महायज्ञ र धनधान्याचल महायज्ञसमेत लगाउने तयारी गरेको पर्व व्यवस्थापन समितिका अध्यक्ष नविन गट्टानीले जानकारी दिए ।

नौ दिनसम्म आयोजना हुने धार्मिक कार्यक्रममा ३ लाख भक्तजन सहभागी हुने अनुमान गरिएको छ । पर्वका लागि ३७ लाख २० हजार खर्च लाग्ने अनुमान गरिएको छ ।