
उनले निर्वाचनको समयमा तलब–भत्ताबापत पाउने रकम ज्येष्ठ नागरिक, असहाय र अरु सामाजिक कार्यमा लगाउने प्रतिबद्धता जनाएका थिए ।
सोही प्रतिबद्धताअनुसार नगरप्रमुख थापाले पहिलो चरणमा डेढ लाख रुपैयाँ उपलब्ध गराएर ज्येष्ठ नागरिकलाई मुक्तिनाथ दर्शनका लागि पठाएका हुन् ।
नगरप्रमुखमा जितेलगत्तै थापाले भत्ताबापत आउने रकम जम्मा गर्न कोष खडा गरेका थिए ।
असारमा नगरप्रमुखको जिम्मेवारी सम्हालेलगत्तै स्थापना गरेको कोषमा जम्मा भएको रकममध्ये ५० हजार रुपैयाँ व्यक्तिगतरुपमा थपेर उनले ज्येष्ठ नागरिकलाई मुक्तिनाथ पठाएका हुन् ।
यसरी मुक्तिनाथ जानेमा सुनवल–२, सोमनाथ बाबास्थित ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रका २२ जना ज्येष्ठ नागरिक छन् । उनीहरु पाँच दिनको यात्रापछि घर फर्कनेछन् ।
वृद्धावस्थामा ज्येष्ठ नागरिकहरु तीर्थ, धाममा जान इच्छा राख्ने भएकाले उनीहरुकै मागअनुसार रकम उपलब्ध गराएर पठाएको थापाले बताए ।
प्रतिक्रिया दिनुहोस्