
दिल्ली डेयरडेभिल्स क्लबमा आबद्व १७ वर्षीय लेग स्पीनर लामिछाने नेपाली क्रिकेट इतिहासमा आइपीएल खेल्ने पहिलो नेपाली हुन् । उनलाई दिल्ली डेयरडेभिल्सले २० लाख भारतीय रुपैयाँमा खरिद गरेको हो ।
भारत जानुअघि सोमबार आयोजित पत्रकार सम्मेलनमा लामिछानेले आइपीएलमा नेपालका तर्फबाट सहभागी हुन पाउँदा खुसी लागेको र प्रतियोगिता राष्ट्रियभन्दा फरक हुने भएकाले यसलाई अवसरकारुपमा लिएको बताए ।
क्रिकेटर लामिछानेले आफ्ना लागि नयाँ प्रतियोगिता भएकाले पनि यस प्रतियोगिताबाट सिकेको ज्ञानलाई नेपाली क्रिकेटमा लागू गरिने जानकारी दिए ।
आइपीएल आगामी अप्रिल ७ देखि मे २७ तारिखसम्म सन्चालन हुनेछ । रासस
प्रतिक्रिया दिनुहोस्