Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन


0
Shares

काठमाडौं, मंसिर ८ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले शनिबार काठमाडौंमा जनप्रर्दशन गरेको छ ।

पार्टी पुनर्गठनको पाँचौं दिवसका अवसर पारेर जनसभा आयोजना गरिएको हो ।

जनसभामा पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले वर्तमान ‘ओली सरकारले आफ्नो पार्टीलाई अघोषित प्रतिबन्ध लगाएर दमनमा उत्रिएको’ आरोप लगाए ।

सरकार हरेक क्षेत्रमा प्रतिबन्ध लगाउन उद्दत रहेको भन्दै उनले सरकारकै कारण जनताले सास्ती व्यहोर्नुपरिरहेको पनि बताए ।

कन्चनपुरकी निर्मला पन्त हत्याकान्डको दोषीलाई सरकारले कारबाही नगरेकामा असन्तुष्टि जनाउँदै पार्टीले हत्याको विरोधमा देशव्यापी विरोध कार्यक्रम घोषणा गरेको उनले बताए ।

जनसभामा ठूलो संख्यामा सो पार्टीका नेता, कार्यकर्तालगायत भेला भएका थिए । जनसभामा पार्टीका महासचिव चन्द भने उपस्थित भएनन् ।