
सबै भाषाको संरक्षण गर्दै शिक्षाको मूल प्रवाहीकरणमा सामाजिक विकास मन्त्रालय लागिपरेको उनको भनाइ छ ।
मंगलबार कपिलवस्तु सदरमुकाम तौलिहवामा आयोजित एक कार्यक्रममा मन्त्री बरालले अहिले प्रदेश सरकारको सुरुआती चरण भएकाले छलफल, समन्वयका आधारमा प्रदेश सरकार जनताको पहुँचमा पुग्ने काममा लागेको बताए ।
माओवादी केन्द्रका नेतासमेत रहेका मन्त्री बराल मंगलबारै माओवादी केन्द्र कपिलवस्तुले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रमा सहभागी भए ।
सो अवसरमा उनले प्रदेशको स्थायी राजधानीको विषयमा तत्काल छलफल नचलेको भन्दै न्यायोचित तवरले नै स्थायीरुपमा तोकिने बताए ।
प्रतिक्रिया दिनुहोस्