१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


मर्यादाक्रम नमिलाएको भन्दै प्रदेश ४ का सांसदहरुले जनाए आपत्ति


0
Shares

पोखरा, चैत १३ । प्रदेशसभा सदस्यको मर्यादा क्रम नमिलाएको भन्दै प्रदेश ४ का सांसदहरुले आपत्ति जनाएका छन ।

प्रदेश एवम् स्थानीय तहका पदाधिकारीको सेवा सुविधा सम्बन्धी बिधेयको छलफलमा सहभागी हुदै सांसदहरुले जनताले प्रदेश सांसदलाई माननीय बनाएर पठाएपनि आपूmहरु माननीय हुन नसको गुनासो गरे ।

मर्यादाक्रमलाई मिलाएर अगाडि बढनुपर्ने सुझाव उनीहरुले दिएका थिए । निर्वाचित जनप्रतिनिधीहरुको तलब स्केल समायानुकुल राखेर पादर्शी बनाउन पनि उनीहरुले माग गरेका छन ।

बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले मुख्य मन्त्री तथा मन्त्रीले पाउने पारिश्रमिक तथा सुविधाका सम्बन्धमा कानुनी व्यवस्था गर्न बनेको विधेयक, प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा सांसदहरुले उठाएका विषयको जवाफ दिएका थिए ।