
इलाम, चैत १३ । इलाममा नगरपालिकाले बढी बच्चा जन्माउन उक्साएको भन्दै महिलाहरुले विरोध गरेका छन् ।
नेपाल महिला संघले आज पत्रकार सम्मेलन गर्दै सो निर्णयको विरोध गरेको हो ।
महिला संघ इलामकी अध्यक्ष निर्मला सञ्जेलले महिलालाई बच्चा जन्माउने मेसिन मात्र नसम्झन नगरपालिकालाई आग्रह गरे ।
सो निर्णयले गरीबलाई अझ गरीब बनाउने, अशिक्षितको संख्या बृद्धि हुने उनीहरुको तर्क थियो ।
नगरपालिकाले इलाम नगरभित्र जनसंख्या बृद्धि गर्न र स्तरोन्नती गरी उपमहानगरपालिका बनाउने भन्दै नगरपालिकामा जति धेरै बच्चा जन्मायो उति बढी प्रोत्साहन भत्ता पाइने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्