
गजुरी गाउँपालिका वडा नं ६ बल्सीटारमा बसले पैदलयात्रुलाई ठक्कर दिदाँ एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । मृतकको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ ।
महिलालाई ठक्कर दिएलगत्तै चालकले बस भगाएको स्थानीयको आरोप छ । प्रहरीले सो बसको खोजी भइरहेको जनाएको छ ।
त्यस्तै थाक्रे गाउँपालिका वडा नं ७ सातकिलामा एम्बुलेन्सले मोटरसाइकललाई ठक्कर दिदाँ दुईजना घाईते भएका छन् । काठमाडौँबाट महादेवबेसीतर्फ जाँदै गरेको बा४च ४०९३ नम्बरको एम्बुलेन्सले बा४७प ९५१८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक सोही गाउँपालिकाका इन्जिनियर सविन घिमिरे र मोटरसाइकलको पछाडि बसेका दिवाकर रायमाझी घाईते भएका छन् । घाईतेहरुको धार्केमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्