१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


चन्द्रपुरस्थित एक व्यापारिक भवनमा आगलागी, दुई करोड रुपैंया बढीको क्षति


0
Shares

रौतहट, चैत १४ । रौतहटको चन्द्रपुर–५ स्थित बजार टोलको एक घरमा आगलागी हुँदा दुई करोड रुपैंया बढीको क्षति भएको छ ।

ब्यापारिक केन्द्रको रुपमा रहेको घरमा आगलागी भएपछि पाँच वटा बरुणयन्त्रको सहायताले आगो नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

उक्त ब्यापारिक प्रयोजनको घरमा रहेका हार्डवेयर तथा फर्निचर उद्योग, ईलेक्ट्रिोनिक्स पसल, मोबाइल मर्मत केन्द्रमा रहेका सामान जलेका छन ।

आगलागीका कारण घर पूर्णरुपमा क्षति भएको छ । बिहान ६ बजेबाट लागेको आगो चार घण्टापछि मात्रै नियन्त्रणमा आएको थियो ।

पाँचवटा दमकल, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयबासिको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।