
बस गगनगौंडास्थित सडकबाट २० मिटर तल खस्दा चितवनका ६१ वर्षीय गौरीशंकर रेग्मीको मृत्यु भएको हो ।
दुर्घटनामा अरु ८ जना घाइते भएका छन् ।
घाइते हुनेहरुमा पोखरा–लेखनाथ–१४ का २१ वर्षीय बिभस सुनार, पोखरा–लेखनाथ–१९, लामाचौरका ३० वर्षीय रमेश गैरे र २४ वर्षीय शंकर नेपाली, चितवनका ३० वर्षीया बिना गुरुङ, नवलपरासीका १७ वर्षीया सुष्मा तिवारी, चितवनकै ५२ वर्षीय सुदीप पौडेल, पोखरास्थित प्रकृतिटोलकी सुबिना गुरुङ र लमजुङ घर भएका बसका सहचालक २८ वर्षीय सुजन गुरुङ छन् ।
घाइतेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्