
प्रदर्शनकारीहरुले सडक विस्तार र निर्माणका नाममा आफूहरुको बिचल्ली बनाउन लागिएको आरोप लगाएका छन् ।
उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिको आह्वानमा भएको विरोधसभामा काठमाडौं, ललितपुर र भक्तपुरका नागरिकको सहभागिता थियो ।
विरोधसभा अनियन्त्रित भएपछि प्रहरीले लाठीचार्जसमेत गरेको छ । त्यसक्रममा ८ प्रदर्शनकारी पक्राउ परेका छन् ।
अदालतले घर भत्काउने कार्य रोक्न दिएको अन्तरिम आदेशकोसमेत उल्लंघन भएको भन्दै उनीहरुले सडक विस्तार तत्काल रोक्न माग गरेका छन् ।
विरोधसभामा ऐक्यबद्धता जनाउन नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशी, तीर्थराम डंगोल, परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ, मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरलगायतको उपस्थिति रहेको थियो ।
भत्काइएका घरहरुको मुआब्जा र क्षतिपूर्तिको व्यवस्था नगरे कडा आन्दोलनमा उत्रने चेतावनी पीडितहरुले दिएका छ ।
प्रतिक्रिया दिनुहोस्