१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


हुम्लामा भेटिएको सकेट बम नेपाली सेनाद्वारा निस्क्रिय


0
Shares

नयाँ भैरवी दल गुल्म हुम्लाबाट खटिएको सेनाको बम डिस्पोजल टोलीले उक्त सकेट बम निस्क्रिय पारेको हो ।

बुधबार दिउँसो करिब साढे १ बजेको समयमा बम निस्क्रिय पारिएको सेनानी देवबहादुर क्षत्रीले जानकारी दिए ।

करिब आधा किलो तौलको उक्त सकेट बम खिया लागिसकेकाले विगत द्वन्द्वकालमा फालिएको हुनसक्ने अनुमान गरिएको छ ।

यसअघि, सदरमुकाम सिमकोटस्थित गहुँबारीमा शंकास्पद वस्तु देखेपछि प्रहरीले सेनाको टोलीलाई खबर गरेको थियो ।