
प्रदेशप्रमुखको कार्यालय धनगढीमा आयोजित एक कार्यक्रममा उच्च अदालत दिपायलका मुख्य न्यायाधीश यज्ञप्रसाद बस्यालले उपाध्यायलाई शपथग्रहण गराएका हुन् ।
शपथग्रहण कार्यक्रममा प्रदेश–७ का प्रदेशप्रमुख मोहनराज मल्ल, मुख्यमन्त्री त्रिलोचन भट्ट, प्रदेशका मन्त्रीहरु, सचिवलगायतको उपस्थिति रहेको थियो ।
उपाध्याय नेपाल बार एसोसिएसनका निवर्तमान केन्द्रीय उपाध्यक्ष हुन् ।
गत फागुन २३ गतेको प्रदेश–७ को मन्त्रिपरिषद बैठकले उपाध्यायलाई मुख्य न्यायाधिवक्तामा सिफारिस गरेको थियो ।
सोहीअनुसार बुधबार उनलाई शपथग्रहण गराइएको प्रदेशप्रमुखको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्