Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


चुनावमा बाँडेको झुटको खेतीले सरकार झुक्न थाल्योः नेता केसी


0
Shares

काठमाडौं । प्रेस युनियन रुपन्देहीले वुटवलमा आयोजित पत्रकार सम्मेलनमा नेपाली काङ्ग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीले सरकारका नौं महिने कार्यकालको समीक्षा गर्दै उनले नौं महिना गफमै बितेको बताएका छन् ।

चुनावका बेला बाँडेको आश्वासन पूरा गर्नेतर्फ नलागी सरकार जनहित विपरीत हिँडेको केसीको आरोप छ ।

‘लोकतन्त्रको जामा पहिरे पनि सरकारको यात्रा निरंकुशतातर्फ मोडिएको छ’, केसीले सरकारबारे कडा टिप्पणी गर्दै भने ।‘

ओली नेतृत्वमा सरकार गठन भएको नौं महिनामा जनताले केही पाएका छैनन्’, केसीले भने, ‘ चुनावमा बाँडेको झुटको खेतीले ओली सरकार आफैं जनता सामु झुक्न थालेको छ ।’

केसीले लोकतन्त्रको जामा पहिरेर निरंकुशताको बाटोमा सरकार अघि बढेको भन्दै असन्तुष्टि प्रकट गरे ।

पार्टी सभापति शेरबहादुर देउवाले हुकुमी शैलीमा पार्टी सञ्चालन गर्न खोजेको आरोप लगाएका छन् ।

पार्टी नेतृत्व व्यक्तिमुखी नभएर संस्थामुखी भएको भन्दै उनले त्यो मान्य नहुने बताए ।‘

पार्टी नेतृत्व व्यक्तिमुखी नभएर संस्थामुखी हुनुपर्छ’, नेता केसीले भने, ‘हुकुमी शैलीमा सभापतिले जसरी पार्टी सञ्चालन गरिरहनु भएको छ, यो अमान्य छ ।’

सामुहिक नेतृत्वमा चल्नुपर्ने पार्टी व्यक्तिमुखी हुँदा सबैतिर भद्रगोल भएको भन्दै उनले कार्यशैली सच्याउन देउवालाई आग्रह गरे ।

पार्टीनिकट नेपाल विद्यार्थी संघमा संकट देखिरहेका बेला उनले त्यसलाई देउवा शैलीकै उपज भएको बताए ।

उनले पार्टी नेतृत्वसगं नजिक रहेका झुन्डहरुको गलत सल्लाह र सुचना प्रवाहले समग्र भातृ सगंठनमा समेत कमजोरि भएको नेबिसघंका नेता निरन्जन थापाले बताए ।

नेता केसीले संस्थागत संरचनाको नयाँ युगमा पार्टी प्रवेश गरेकाले एकपटकको हारले कांग्रेसको योगदान, आदर्श र इतिहास नसकिने उनले दाबी गरे ।