२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


प्रदर्शनकाक्रममा पक्राउ परेका १४ जना रिहा


0
Shares

बिहीबार महानगरीय प्रहरी परिसर टेकुबाट उनीहरु रिहा भएका हुन् ।

रिहा हुनेहरुमा मोहन बस्नेत, गौतम मानन्धर, पवित्र कसाः, कृष्ण मानन्धर, जोगबहादुर महर्जन, महेश कारञ्जीतलगायत रहेका छन् ।

रिहा भएपछि उनीहरुले विकासको नाममा ऐतिहासिक, पुरातात्विक, धार्मिक, साँस्कृतिक महत्वका बस्ती तथा सहरको विनास गर्न नहुने भन्दै त्यसलाई रोक्न माग गरे ।

काठमाडौं उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिका अध्यक्ष सुमन मानन्धरले आफूहरुका माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताए ।

समितिलगायतका संघ–संस्थाद्वारा बुधबार आयोजित प्रदर्शनमा प्रदर्शनकारी र प्रहरीबीच नयाँबानेश्वर र माइतीघरमन्डलामा झडप भएको थियो ।

त्यसक्रममा प्रहरीले दर्जनौं राउन्ड अश्रुग्यास र लाठीचार्ज प्रहार गरेको थियो भने १२ जनाभन्दा बढी प्रदर्शनकारी घाइते भएका थिए ।

सोहीक्रममा प्रहरीले पक्राउ गरेको १४ जनालाई बिहीबार रिहा गरेको हो ।