
जसअनुसार प्रधानमन्त्री ओली चैत २३ गते नयाँदिल्ली गएर चैत २५ गते स्वदेश फर्कनेछन् ।
चैत २४ गते भारतीय समकक्षी नरेन्द्र मोदीसँग दुईपक्षीय वार्ता हुने कार्यक्रम तय भएको छ ।
त्यस्तै, भारत सरकारका केही मन्त्रीहरुले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्नेछन् भने नयाँदिल्लीमा रहँदा प्रधानमन्त्री ओलीले भारतीय राष्ट्रपति रामनाथ कोविद र उपराष्ट्रपति बङ्कैया नायडूसँग भेट गर्ने जानकारी परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्तिमार्पmत् दिएको छ ।
प्रधानमन्त्री ओली नयाँदिल्लीबाट उत्तराखन्ड जानेछन् । त्यहाँस्थित गोविन्दबल्लव पन्त कृषि तथा प्रविधि विश्वविद्यालयमा आयोजना हुने कार्यक्रममा उनी सहभागी हुने कार्यक्रम रहेको छ ।
भ्रमण दलमा प्रधानमन्त्री ओलीकी पत्नी राधिका शाक्य, केही मन्त्री तथा विभिन्न मन्त्रालयका अधिकारीहरु सहभागी हुने पनि परराष्ट्रले जनाएको छ ।
यसैबीच, भारतीय विदेश मन्त्रालयले पनि शुक्रबारै प्रधानमन्त्री ओलीको विदेश भ्रमणको कार्यक्रम सार्वजनिक गरेको छ ।
प्रतिक्रिया दिनुहोस्