
उपत्यका पृतना मातहतका काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे र सिन्धुपाल्चोक जिल्लामा बसोबास गर्ने १८ हजार ७०० भूपूसैनिक टुँडिखेलमा भेला हुने नेपाली सेनाले जनाएको छ ।
भूपूसैनिक सम्मेलनका अवसरमा ती जिल्लाका पूर्वसैनिकहरु एकैपटक टुँडिखेलमा भेला हुन लागेका हुन् ।
यसपटकको पूर्वसैनिकको सम्मेलन २०७३ माघ २१ गते धनगढीबाट सुरु भएकामा शनिबार टुँडिखेलमा मैजारो हुँदैछ ।
यसबीचमा नेपालगन्ज, सुर्खेत, बुटवल, खैरेनीटार, पोखरा, सिन्धुली, त्रिशूली, धनुषा, भरतपुर, इटहरी, हिले र गाईघाटमा सम्मेलन भइसकेका छन् ।
पछिल्लो समय प्रत्येक प्रधानसेनापतिको कार्यकालमा एकपटक मुलुकभर पूर्वसैनिकको सम्मेलन गर्ने नीति सेनाले कार्यान्वयनमा ल्याएको छ ।
विगत द्वन्द्वको समयमा लामो समयसम्म रोकिएको भूपू सम्मेलन २०७० सालदेखि सुरु भएको थियो ।
मुलुकभर भूपूसैनिकको संख्या ७० हजारको हाराहारीमा छ ।
सम्मेलनकाक्रममा पूर्वसैनिकको जीवनस्तर उकास्न सन्चालन हुने लघुवित्त कार्यक्रमका लागि सहुलियत ब्याजदरमा ऋण प्रदान र स्वास्थ्य शिविरजस्ता सेवामूलक कार्यक्रम सन्चालन हुँदै आएका छन् ।
सम्मेलनका बेला सैनिक नेतृत्वबाट पूर्वसैनिकका गुनासो सुन्ने र त्यसलाई सम्बोधन गर्ने प्रचलन छ ।
त्यसैगरी, भूपूसैनिकबाट बहालमा रहेकै झझल्को दिने गरी परेड तथा जिल्लागतरुपमा साँस्कृतिक झाँकी प्रस्तुत् हुने गर्छ ।
पछिल्ला सम्मेलनमा सहभागीलाई सेनाले कल्याणकारी कोषमार्फत् बाटो खर्च, औषधिसहितको प्याकेज तथा कम्बल उपलब्ध गराउँदै आएको छ । रासस
प्रतिक्रिया दिनुहोस्