Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


सेनाको लोकतान्त्रीकरण हुन नसके कुनैपनि बेला दुर्घटना हुनसक्छ : बाबुराम


0
Shares

काठमाडौं, मंसिर ७ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेपाली सेनाको लोकतान्त्रीकरण हुन नसके मुलुकमा कुनैपनि बेला दुर्घटना हुनसक्ने दाबी गरेका छन् ।

पत्रकार जगत नेपालद्वारा लिखित पुस्तक ‘बीपीको विद्रोह’को विमाचोन गर्न शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा उनले त्यस्तो दुर्घटना भए राजनीतिक दलहरु नै जिम्मेवार हुनुपर्ने उल्लेख गरे ।

कार्यक्रममा पूर्वराष्ट्रपति डा. रामवरण यादवले बीपी कोइराला युगको नेता रहेको भन्दै नेपाली कांग्रेसलेसमेत बीपीको अवधारणा अनुशरण गर्न नसकेको बताए ।

पुस्तकमा प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाबारे सूक्ष्म अध्ययन र स्थूल वर्णन गरिएको छ ।