
आइतबार नेपाली सेनाको अगुवाईमा सबै बजार क्षेत्र सरसफाई गरिएको स्थानीय पर्यटन व्यवसायी तथा जाम्बिला गेष्ट हाउसका सञ्चालक लामाकाजी शेर्पाले जानकारी दिए ।
बजारक्षेत्रमा रहेका गुम्बा, बाटोलगायत सम्पूर्ण सार्वजनिकस्थलको सरसफाई गरिएको उनले बताए ।
मुख्य पर्यटकीय सिजन सुरु भएका बेला बजारमा फोहोर बढ्न थालेपछि विभिन्न हिमश्रृङ्खला आरोहण गर्न तथा दृश्यावलोकन गर्न आउने विदेशी तथा स्वदेशी पर्यटकमा सकरात्मक प्रभाव पार्न बजारलाई सरसफाई गरेको नेपाली सेनाको श्रीशम्सेर गुल्म नाम्चेका गुल्मपति सेनानी रत्नकेशर खड्काले बताए ।
विश्वका पर्यटकहरुको आकर्षक गन्तव्यका रुपमा रहेको सगरमाथाको फेदी नाम्चेबजारमा सरसफाईको गर्नु सबैको दायित्व सम्झेर सेनाले अग्रसरता गरेको उनको भनाइ छ । अहिले व्यस्त सिजन भएकाले स्थानीय आफ्नो व्यवसायमा व्यस्त बन्ने भएकाले सरसफाईमा सेनाले सहयोग गरेको उनले बताए ।
अहिले नाम्चेमा पर्यटकको चाप दिन प्रतिदिन बढ्न थालेको छ । पर्यटकको चाप बढेसँगै पर्यटक तथा तिनका सहयोगीहरुले प्रयोग गरेको सामग्रीले बजारमा फोहोर बढ्ने गरेको छ । अहिले दैनिक करिब तीन सयको हाराहारीमा पर्यटक आउने गरेको शेर्पाले बताए ।
सामान्यतया खुम्बुक्षेत्रको सरसफाईको काम सगरमाथा प्रदुषण नियन्त्रण समिति नाम्चेले गर्ने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्