काठमाडौं, मंसिर ७ । हृदयाघात भएपछि बाँसबारीस्थित सहिद गंगालाल हृदयरोग केन्द्रको सघन उपचारकक्षमा उपचाररत् नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दनराज काफ्ले खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।
शुक्रबार दिउँसो चिकित्सकले दिएको जानकारीअनुसार उनी खतरामुक्त रहेको र अझै २४ घन्टा चिकित्सकको प्रत्यक्ष निगरानीमा राख्नुपर्ने नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य कुमार दुलालले जानकारी दिए ।
काफ्लेलाई शुक्रबार बिहान ९ः४५ बजे हृदयाघात भएको हो ।
काफ्ले नेविसंघको ११औं महाधिवेशनबाट निर्वाचित महामन्त्री हुन् । रासस









प्रतिक्रिया दिनुहोस्