
बासुदेव बर्मा
कपिलवस्तु, मंसिर ७ । कपिलवस्तुको रामघाटमा आज भब्य मेला लागेको छ ।
बाणगंगा नदी किनारामा रहेको रामघाटमा लागेको मेला भर्न नेपालका विभिन्न जिल्लासहित भारतबाट समेत ठूलो संख्यामा श्रद्धालु पुगेका छन् ।
त्रेता युगमा भगवान राम बनबास जाने क्रममा रामघाट पुग्दा पानीको प्यास लागेपछि बाण हानेर पानी निकालेको धार्मिक जनविश्वास छ । भगवान रामले बाण हानेर पानी निकालेकाले यो ठाउँको नाम रामघाट रहेको बताइएको छ । सोही दिनको स्मरणमा यहाँ हरेक वर्ष मेला लाग्ने गर्दछ ।
मेलाका दिन बिहानै स्नान गरी घाट, किनार र नजिकैको रामजानकी मन्दिरमा पूजाआजा गर्नाले मनोकांक्षा पुरा हुने जनविश्वास रहँदै आएको छ । आजकै दिन नदी किनारमा स्नान पश्चात गोदान गर्नेहरुको भीड लागेको छ ।
गौदान गर्नाले पाप मोक्ष भई पुण्य प्राप्ति हुने धार्मिक विश्वास छ ।
प्रतिक्रिया दिनुहोस्