Logo १२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026


पर्सा राष्ट्रिय निकुञ्जस्थित हल्खोरिया दहमा सरसफाई


0
Shares

निकुञ्ज प्रशासनले एक सातादेखि दहको सफाई अभियान चलाएको हो ।

सरकारले पर्सा बन्यजन्तु आरक्षलाई राष्ट्रिय निकुन्जको रुपमा घोषणा गरेपछि दहलाई व्यवस्थित गर्न सफाई अभियान चलाइएको हो । निकुञ्जमा विदेशी पर्यटकको संख्या बढ्दै गएको छ । निकुञ्जमा पुग्ने पर्यटकहरु यो दह पुगेर मनोरन्जन लिने गरेका छन् ।

करिब ११ हेक्टरमा फैलिएको यो दहको अधिकांश भाग घाँसले ढाकेकाले सफाई गर्न थालिएको निकुञ्जले जनाएको छ ।