२९ असार २०८२, आइतबार | Mon Jul 14 2025


उत्खनन्का लागि १२६ खानीलाई अनुमति प्रदान


0
Shares

विभागले दिएको जानकारीअनुसार चालू आर्थिक वर्षको ८ महिनामा मुलुकभर खनिज पदार्थको अनुसन्धान तथा अन्वेषण गरी सो खानीलाई उत्खनन्का लागि स्वीकृत प्रदान गरेको हो ।

मुलुकको आर्थिक विकास र समृद्धिका लागि महत्वपूर्ण क्षेत्रकारुपमा लिइएको खनिज पदार्थमध्ये सबैभन्दा धेरै चुनढुंगा ४९ खानीलाई उत्खनन्का लागि अनुमति प्रदान गरेको छ ।

यस्तै, अनुमति प्रदान गरिएकामा टुर्मालिन टल्क १४, कोइला १४, टुर्मालिन १२, क्वार्ज चार, काइनाइट आठ, मार्बल तीन, रातोमाटो तीन, फलाम दुई, जिंक एक, क्वार्जजाइट १०, म्याग्नेसाइट एक, डोलोमाइट एक र क्याल्साइट एक खानी रहेका छन् ।

खनिज सम्पदा महाशाखाका प्रमुख रामप्रसाद घिमिरेले चुनढुंगा उत्खनन्का लागि धेरै आवेदन परेको र सोहीअनुसार उत्खनन्का लागि अनुमति प्रदान गरेको जानकारी दिए ।

‘नयाँ संरचना निर्माणका लागि सिमेन्टको अत्याधिक माग भइरहेको अवस्थामा सिमेन्टमा चाहिने महत्वपूर्ण कच्चापदार्थ चुनढुंगाको उत्खनन् बढेको हो’–उनले भने ।

विभागले उत्खनन् अनुमतिपत्र प्राप्त गरेका पाँच कम्पनीलाई उत्खनन् कार्य समयमा सुरु नगरेको भन्दै रद्द गरेको छ ।

नेपालको महाभारत पर्वत क्षेत्रमा धेरै चुनढुंगा खानी रहेका छन् । रासस