काठमाडौं, मंसिर ७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज पनि बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न बस्ने बैठकमा तल्लो तहको पार्टी एकीकरण टुंग्याउन कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ ।
कार्यदलले हिजो बसेको सचिवालय बैठकमा आफ्नो प्रतिवेदन पेश गरेको थियो । महासचिव विष्णु पौडेल र रामबहादुर थापा रहेको कार्यदलले जिल्ला, प्रदेश र जनवर्गीय संगठनमा रहने नामको रुजु गरेको थियो ।
हिजोको बैठकमा पेस गरिएको प्रतिवेदन अध्ययन गरी आजको बैठकबाट अनुमोदन गर्ने तयारी छ ।
साथै, पोलिटब्यूरोमा रहने संख्या र नाम सचिवालयले टुंग्याउनेछ ।
बैठकबाटै केन्द्रीय सदस्यहरुको जिम्मेवारी बाँडफाँट गर्ने पनि बताइएको छ । सचिवालय बैठकमा स्थायी समिति बैठक बोलाउने विषयमा समेत छलफल हुने बताइएको छ ।









प्रतिक्रिया दिनुहोस्