१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


एकै घरका दुई नाबालकको विभत्स हत्या


0
Shares

त्रिवेणी गाउँपालिका–२ डाख्लाका गणेश विकका ५ वर्षीय छोरा प्रेम विक र ३ वर्षीया छोरी वसन्ती विकलाई बञ्चरो प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय, रोल्पाले जानकारी दिएको छ ।

हत्या सोही ठाउँ बस्ने २१ वर्षीय खड्कबहादुर विकले गरेको प्रहरीले बताएको छ । नाबालकको हत्यापछि फरार रहेका विकलाई प्रहरीले सोमबार नै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलले जानकारी दिए ।

मृतक नाबालक हत्या आरोपी विकका दाजुका छोराछोरी भएको बताइएको छ । दाजुसँग पटकपटक झगडा गरिरहने आरोपी विकले केही दिन अघि समेत झगडा गरेको बताइएको छ । आरोपी विकले गाउँघरमा समेत झैझगडा गरिरहने गरेको छिमेकीले बताएका छन् । (रासस)