२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


दक्ष चिकित्सक अभावमा सामुदायिक अस्पतालको सबै सेवा बन्द


0
Shares

दक्ष चिकित्सकको अभाव र आर्थिक संकटका कारण अस्पतालले सेवा बन्द गरेको हो । करिब १२ वर्षअघि स्थापना गरिएको यो अस्पतालले शुरुआती दिनमा राम्रो सेवा दिँदै आएको थियो । तर स्थापनाको पाँच वर्षपछि अस्पतालको अवस्था खस्कँदै गएको थियो ।

हिमालयन हेल्थ केयर काठमाडौंद्वारा सञ्चालित अस्पतालमा दक्ष चिकित्सक अभावका कारण बिरामी आउन छाडेपछि सेवा नै बन्द भएको हो ।

२०६१ सालमा डा. मेघबहादुर पराजुली क्लिनिकको नाममा स्थापना भएको यो अस्पतालले तीन वर्षपछि स्वास्थ्य मन्त्रालयबाट १५ शैयाको सामुदायिक अस्पतालको रुपमा स्वीकृति पाएको थियो ।

अस्पतालमा एक जना मेडिकल अधिकृतसहित २५ जना कर्मचारी कार्यरत थिए । अस्पतालले सेवा बन्द गरेपछि अस्पतालमा रहेका बहुमूल्य औजार तथा मेसिनहरु बेकामे अवस्थामा पुगेका छन् ।