१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


कांग्रेस सांसदले भने–‘दोषारोपण गर्नेगरी श्वेतपत्र ल्याइयो’


0
Shares

बैठकको विशेष समयमा कांग्रेस सांसद डा. मीनेन्द्र रिजालले पछिल्लो दशकमा अर्थतन्त्रमा समग्रमा सुधार आएपनि सरकारले यथार्थ विश्लेषण नगरी दोषारोपण गर्नेगरी श्वेतपत्र ल्याएको आरोप लगाए ।

उनले उत्पादनमूलक क्षेत्रमा लगानी गर्न र निजी क्षेत्रलाई सँगै लान नसक्दा तथा राजनीतिक अस्थिरता हुँदा निर्यात घाटा भएको बताउँदै त्यसको खाडललाई पूर्ति गर्दै सबैको सहयोग लिएर नयाँ सरकारले ठोस कदम चाल्नुपर्नेमा जोड दिए ।

नेकपा एमालेका सांसद मोहन बानियाँले दुर्गम क्षेत्र विकास समिति खारेज गर्न नहुने बताए ।

नेकपा माओवादी केन्द्रका सांसद अग्निप्रसाद सापकोटाले भूकम्प एवं अन्य प्राकृतिक प्रकोपपीडित जनता हालसम्म पूर्ववत् जीवनमा फर्कन नसकेको बताउँदै चीनसँगको तातोपानी नाका तत्काल खुलाउन आग्रह गरे ।

संघीय समाजवादी फोरम नेपालका सांसद राजेन्द्रप्रसाद श्रेष्ठले काठमाडौंका विभिन्न स्थानमा सडक विस्तारकाक्रममा स्थानीयवासीले पाउनुपर्ने क्षतिपूर्ति र सर्वाेच्च अदालतले गरेको फैसलासमेत कार्यान्वयन नभएको गुनासो गरे ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न भारत भ्रमणबारेको सार्वजनिक महत्वको विषयबारे सदनमा जानकारी दिने कार्यक्रम छ । रासस