६ भाद्र २०८२, शुक्रबार | Fri Aug 22 2025


डडेल्धुरामा स्कुल बस दुर्घटना, १६ जनाको मृत्यु, २७ घाइते


0
Shares

अपडेट:

डडेल्धुरा, मंसिर ६ । डडेल्धुराबाट डोटी जाँदै गरेको एक स्कुल बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । २७ जना घाइते भएका छन् ।

पीसजोन एकेडेमीको से१क २९३ नम्बरको बस डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको रडुवाखोलामा बिहीबार साँझ दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको हो ।

डडेल्धुरा सदरमुकामस्थित उग्रतारा मन्दिरमा लागेको मेला हेर्न आएकाहरु सवार स्कुल बस दुर्घटनामा परेको हो ।

उद्धारकार्य चलिरहेकाले मृत्यु हुनेको संख्या बढ्नसक्ने प्रहरीले जनाएको छ ।

घाइतेहरुको उद्धार गरी उपचारका लागि डडेल्धुरा सदरमुकामस्थित उपक्षेत्रीय अस्पताल पठाइएको छ ।

बस सडकबाट करिब ३०० मिटर तल खोलामा खसेको जनाइएको छ ।